ICT basic Gandaki
Friday, March 21, 2025
लघुकथा
समिभन्ज्याङ भन्ने गाउँमा रुपिन्द्र भन्ने मान्छे बस्थे । उनी एक शिक्षक हुन् । उनले शिक्षकहरूलाई तालिमसमेत दिने गर्थे । 
रुपिन्द्र
आदरणीय दृष्टिविहीन थुलोबुवा कवि सदानन्द झाको प्रेरणाबाट लेखेको मेरो पुस्तक ‘देशको पीडा विदेशको पीर’ पुस्तक छपाउनु थियो । नेपालमा राम्रो किताब कसले छाप्छ भन्ने सोधखोज गर्दा एक दुई पुस्तक प्रकाशनको नाम आयो । त्यसमध्ये पनि काठमाडौँका मेरा अभिभावक कृष्णमुरारि भण्डारीले बुकहिलले राम्रै काम गरिरहेको र उक्त प्रकाशनलाई काम दिँदा राम्रै हुने सुझाव दिनुभयो । त्यहीअनुसार मैले बुकहिललाई आफैँ सम्पूर्ण लगानी गरेर २०८१ सालको वैशाखमा पुस्तक छपाउन दिएँ । अहिले त्यही पुस्तकका विषयमा अनलाइन पत्रिका साहित्यपोस्टमा प्रकाशित समाचार र त्यसले निम्त्याएको विवाद थाहा पाएपछि सबै आदरणीय लेखक र पत्रकार महोदयहरूका लागि मेरो भनाइ व्यक्त गरेको छु ।
१) समयभन्दा ढिला (करिब ८ महिनापछि ) मैले लगानी गरेर प्रकाशनको जिम्मा दिएको पुस्तक मेरो परिवारका सदस्यले हिजो मात्रै प्राप्त गर्नुभएको छ । यति ढिलो भए पनि मेरो नासो मलाई बुझाइदिनुभएकामा बुकहिल र त्यसका अध्यक्ष भूपेन्द्र खड्काजीलाई धन्यवाद दिन चाहन्छु ।
२) पुस्तक प्रकाशनसम्बन्धी सम्झौता गर्दा आधा पैसा पहिले दिने र आधा पैसा छापिएपछि दिने सर्त थियो । त्यहीअनुसार हामीले कागजमा हस्ताक्षर गरेका हौँ । त्यसका साक्षीका रूपमा मेरा आदरणीय अभिभावक, लेखक तथा वरिष्ठ पत्रकार कृष्णमुरारि भण्डारी र लेखक–पत्रकार अश्विनी कोइराला हुनुहुन्थ्यो ।
जीवनमा पहिलो पटक मेरा आदर्श व्यक्तित्वको प्रेरणाले लेखिएको किताब निस्कँदै थियो । उक्त पुस्तक मेरो मात्रै होइन, मेरो परिवार र गाउँको अनि साथीभाइहरुको गौरवको विषय थियो । त्यसभन्दा पनि सम्पूर्ण नेपाली र हिन्दु धर्मका आदर्श पुरुषहरुलाई मान्नेहरूका लागि पठनीय पुस्तक हुनेवाला थियो ।
तर पहिलो किस्ता पाएको एक महिनापछि भूपेन्द्र खड्काजीले पूरा पैसा नभई किताब नछाप्ने, डिजाइन र कभरको २५–२५ हजार गरेर थप ५० हजार रुपैयाँ दिनुपर्ने नयाँ सर्त राख्नुभयो । पुस्तक प्रकाशन ढिला हुने भयले र पैसा दिनैपर्छ भने केही अघि किन नदिने भन्ने सल्लाह भएपछि मैले दुई पटक गरेर किताबका लागि ६ लाख रुपैयाँ चेकका माध्यमबाट दिएको सत्य हो ।
३) पुस्तकको सम्झौता २०८१ साल वैशाख २३ गते भएको थियो । सम्झौता गर्दा पैसा बुझाएको ४५ दिनभित्र किताब हामीलाई दिने सर्तनामा थियो । यही कारण म निकै उत्साहित र खुसी थिएँ । सबैभन्दा ठूलो कुरा पुस्तक निकै राम्रो क्वालिटीमा छापिने कुरामा हामी सबै विश्वस्त थियौँ । यही कारण पैसालाई भन्दा राम्रो काम होस् भन्ने कुरामा ध्यान दिइरहेका थियौँ ।
४) मेरो अनुमानमा पुस्तक ढिलोमा साउनको १४ सम्म आउला भन्ने थियो । भूपेन्द्रजीले पनि इमेलमा धेरै किचकिच नगर्नुहोस्, म तपाईँलाई समयमै किताब बुझाउँछु भन्नुभएको थियो । यही कारण मैले भदौको सुरुमा नै भव्य कार्यक्रम राखेर विमोचन गर्ने र त्यसमा बुकहिलको सहयोग लिने भन्ने योजना बनाएको थिएँ । त्यहीअनुसार मैले अमेरिकाबाट भदौ अन्त्यतिरको टिकट बुक गर्ने योजना गरेँ । दसैँअघि कार्यक्रम गर्ने र दसैँ र तिहारभरि त्यसको प्रचार गर्ने योजना बनाएको थिएँ । यो नेपाल आउने राम्रो मौका थियो । कारण यसबेला विदेशबाट आउने धेरै साथीभाइहरुसँग पनि भेट हुन्थ्यो र फुर्सद हुन्थ्यो ।
५) जब बुकहिलले पुस्तक दिने ४५ दिन पूरा भयो, मलाई खटपट लाग्न थाल्यो । अरूतिरबाट पनि प्रकाशकका बारेमा नकारात्मक कुरा गाइँगुइँ सुनेकाले मलाई चिन्ता लाग्न थाल्यो । मैले भूपेन्द्रजीलाई किताब समयमा किन आएन भनेर सोधपुछ गर्न थालेँ । त्यसबेलादेखि उहाँ रिसाउन थाल्नुभयो र कुरा गर्न छाड्नुभयो । ह्वाट्सअपमा कुरा गर्न छाडेपछि मैले इमेलमार्फत सोधपुछ गर्न थालेँ । बेलाबेलामा उहाँले दुई–चार दिनमा पुस्तक आइहाल्छ भनेर लेख्नुहुन्थ्यो । त्यो ‘दुई–चार दिन’ बितेपछि म पुनः इमेल गर्थेँ । जबाफ आउँदैनथ्यो । पटक–पटक इमेल पठाएपछि १५–२० दिनपछि फेरि उहाँ भन्नुहुन्थ्यो— ‘दुई–चार दिनभित्रमा आउँछ ।’
६) भदौमा पुस्तक नआएपछि दसैँमा त पुस्तक आउँछ भन्ने कुरामा म विश्वस्त थिएँ । त्यही अनुसार मैले फेसबुकमार्फत प्रचारप्रसार सुरु गरेको थिएँ । तर दसैँमा पनि पुस्तक आएन । मेरो दाजु विजय झाले Book Launch को लागि Akama होटल मा २५ वटा कोठाहरूको बुकिङ र रुसी संस्कृति हल बुक गरेका थिए, तर पछि ती बुकिङ रद्द गर्नु परेको थियो।" त्यसपछि तिहारका लागि होटल बुक गरियो। तर थाहा भयो, तिहारमा पनि विमोचन हुने तरिकाले किताब आउनेवाला छैन । त्यसपछि पुनः क्यान्सिल गरेँ ।
![]() |
| कक्षा ८ को किताब |
७) तिहारपछि चिन्तित भएर बसेको बेला भूपेन्द्रजीको मेल आयो । त्यसमा मङ्सिरको सुरुमा किताब हात पर्ने कुरामा विश्वास दिलाउनुभएको थियो । यही बेला मेरो दाजु पनि अमेरिकाबाट नेपाल आउँदै हुनुहुन्थ्यो । दाजु आएको मौका पारेर गाउँका साथीभाइ, मेरा गुरुहरूसहित पुस्तक विमोचन गर्ने कुरामा सल्लाह भयो । त्यहीअनुसार मैले मङ्सिरको पहिलो साताका लागि टिकट काटेको जानकारी बुकहिल र भूपेन्द्रजीलाई दिएँ । उहाँले ठीक छ भनेर सकारात्मक जबाफ दिनुभयो ।
८) जीवनमा पहिलो पटक मेरा आदर्श व्यक्तित्वको प्रेरणाले लेखिएको किताब निस्कँदै थियो । उक्त पुस्तक मेरो मात्रै होइन, मेरो परिवार र गाउँको अनि साथीभाइहरुको गौरवको विषय थियो । त्यसभन्दा पनि सम्पूर्ण नेपाली र हिन्दु धर्मका आदर्श पुरुषहरुलाई मान्नेहरूका लागि पठनीय पुस्तक हुनेवाला थियो । म मङ्सिर १२ गते काठमाडौँ उत्रिएँ । यसको जानकारी पनि भूपेन्द्रजीलाई दिएँ । मङ्सिर २५ का लागि विमोचनको कार्यक्रम राख्न उहाँले सुझाव दिनुभयो । त्यहीअनुसार मैले सिमरा र गाउँबाट गुरुहरू, समाजसेवी र परिवारका सदस्यलाई बोलाएँ । मेरो जिल्ला सर्लाही र त्यस क्षेत्रका गण्यमान्य व्यक्तिहरुलाई राख्न होटल बुक गरेँ । समयमै सबै पाहुनाहरु आउनुभयो । तर सबै जना आएपछि पो थाहा दिइयो, किताब त छापिएकै छैन ।
९) कार्यक्रमको सबै तयारी पूरा भइसकेको, गाउँ र जिल्लाबाट पाहुना आइसक्नुभएकाले मलाई खपीनसक्नु मानसिक पीडा भयो । वैशाखमा छाप्न दिएको किताब मङ्सिर २५ गते पनि प्राप्त गर्न नसक्ने भएपछि मलाई रातभर निद्रा लागेन । मैले आफ्ना शुभचिन्तकहरुसँग सल्लाह लिन थालेँ । उहाँहरूले दुई–तीन दिनमा किताब छाप्न सकिने सल्लाह दिनुभयो । यस्तो सुन्दा मलाई खुसी लाग्यो र आफ्नै थप खर्चबाट रातारात किताब छापियो र मङ्सिर २८ गते किताब विमोचन भयो ।
१०) मेरो सबैलाई प्रश्न छ, जब नेपालमा दुई–तीन दिनमा किताब छाप्न सकिन्थ्यो भने बुकहिलले मेरो समस्या बुझेर पनि किन साथ दिएन ? किताबको पैसा बुझाएको ४५ दिनभित्र किताब दिन्छु भन्ने प्रकाशकले ६ महिना बितिसक्दा पनि किताब किन दिएन ? मैले पटकपटक प्लेनको टिकट क्यान्सिल गरेको, सोधपुछ गर्दा राम्रोसँग कुरा नगर्ने मात्र होइन, एउटा लेखकलाई दिनुपर्ने सामान्य आश्वासन पनि नदिएको क्षति कसले दिने ?
११) नेपाल आएर आफैँले किताब छाप्नुपर्दा, पाहुना बोलाएर पनि समयमा किताब विमोचन गर्न नपाउँदा लागेको खर्च, अरूको समय नष्ट गरेर उहाँहरूलाई दिएको दुःखले मलाई कति आर्थिक तथा मानसिक क्षति गर्यो, त्यसको हर्जाना बुकहिलले दिने कि नदिने ? यो पुस्तक प्रिन्टिङको योजना, समस्याहरू, कहिले आउने, कहिले नआउने, अतिथिहरूलाई निमन्त्रणा गर्ने कि नगर्ने, नेपाल जानु पर्ने कि नपर्ने जस्ता विचारहरूलाई दैनिक रूपमा सोच्दा मेरो मानसिक स्थिति प्रभावित परेको छ।"
१२) किताब नपाएपछि र बुकहिलबाट केवल झुटो आश्वासन पाएपछि मैले सबै कागजात र प्रमाण साहित्य पोस्टलाई प्रकाशन गर्नको लागि दिएको थिए। यस पछि साहित्यपोस्टले समाचार छाप्यो । त्यो समाचार र समाचारसम्बन्धी प्रमाणहरू मैले नै दिएको हुँ । समाचारमा लेखिएभन्दा बढी दुःख मैले पाएको छु । यो समाचार आएपछि पनि उहाँको व्यवहार परिवर्तन भएन । बरु उहाँले मसँग पनि ठूलाठूला कुरा गर्न छाड्नुभएन । मेरो अनुमानमा उहाँले आफ्नो गोदाममा किताब राख्नुभएको थियो र मसँग थप पैसा असुल गर्ने नियत राख्नुभएको थियो । नत्र यतिका महिना प्राप्त नभएको पुस्तक पत्रिकामा समाचार आएको दोस्रो दिन नै कसरी बुझाउनुभयो ?
आदरणीय लेखक र पत्रकारहरू, मलाई जस्तो दुःख अरूलाई नपरोस् भनेर यो दुःख सार्वजनिक गरिदिनुहुनेछ भन्ने आशा राखेको छु ।
सुनीलकुमार झा
लेखक— देशको पीडा विदेशको पीर
हाल– मेरिल्यान्ड, अमेरिका Friday, December 27, 2024
-
समिभन्ज्याङ भन्ने गाउँमा रुपिन्द्र भन्ने मान्छे बस्थे । उनी एक शिक्षक हुन् । उनले शिक्षकहरूलाई तालिमसमेत दिने गर्थे । रुपिन्द्र आदरणीय दृष...
-
पोखरा , फागुन १४ गते । साहित्यकार भीम रानाभाटको संस्मरण सङ्ग्रह ‘सम्झनाको सेरोफेरो’ बुधवार पोखरामा सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प...


